हरिवन, १५ पुस – सर्लाहीको हरिवन नगरपालिकामा आयोजित चौंथो राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको उपाधि महादेव जनता नमूना माध्यमिक विद्यालयले हात पारेको छ ।
हिजो सम्पन्न प्रतियोगितामा १० स्वर्ण, १० रजत र ६ कास्य पदसहित हरिवन ८ स्थित महादेव मावि पहिलो बनेको हो । यस्तै हरिवन १० सुखेपोखरीस्थित चतुुर्भूजेश्वर जनता मावि ६ स्वर्णसहित दोस्रो र हरिवन ४ मा रहेको माइरानी मिक्चनी मावि ४ स्वर्णसहित तेस्रो भएका छन् ।
पुुस १२ गतेदेखि चतुुर्भूजेश्वर जनता माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु भएको प्रतियोगिताकामा विभिन्न उपाधि प्राप्त विद्यालयलाई नगरप्रमुख रमेश बुढाथोकी (कमल), उपप्रमुख हरिमाया घलान, प्रमुख प्रशासकीय अधिकृत प्रतीक कार्की, हरिवन १० का वडाध्यक्ष शम्भुु मैनाली, आयोजक विद्यालयका अध्यक्ष सन्तोष भुजेललगायत भएर पुरस्कार वितरण गरेका छन् ।
हरिवन नगरपालिकाको शिक्षा शाखाले आयोजना गरेको प्रतियोगितामा नगरभित्रका विभिन्न विद्यालयका विद्यार्थीबिच विभिन्न खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गराइएको शिक्षा शाखा प्रमुख रुसस्टालिन चौलागाईले जानकारी दिए ।