प्रतिकात्मक तस्बिर ।
बयलवास, १४ पुस – सर्लाहीको ईश्वरपुर नगरपालिका–७, बयलवासमा गएसाँझ दुुईवटा मोटरसाइकल ठोक्किँदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्का चालक घाइते भएका छन् ।
बयलवास–बबरगन्ज सडक अन्तर्गत बयलवासबाट खोरिया टोलतर्फ जाँदै गरेको बीआर ३० एफ ८८५६ नम्वरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ३९ प ७१६८ नम्वरको मोटरसाइकल जुुध्दा ना ३९ प ७१६८ मोटरसाइकलका चालक ईश्वरपुर नगरपालिका–१०, बेलाका ५० वर्षीय राजेश चौधरीको मृत्युु भएको हो । चौधरीलाई प्रादेशिक अस्पताल मलङ्गवा पुु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय केशरगन्जले जनाएको छ ।
मृतककी श्रीमती राति सम्पर्कमा आएर शवको सनाखत गर्नुभएको हो । दुुर्घटनामा बीआर ३० एफ ८८५६ नम्वरको मोटरसाइकलका चालक ईश्वरपुर नगरपालिका–९, खोरिया टोल बस्ने ३७ वर्षीय सुशीलकुमार राय दनुुवार घाइते भएका छन् ।
घाइते दनुुवारको प्रहरी निगरानीमा सिद्धिविनायक अस्पताल बयलवासमा उपचार भइरहेको केशरगन्जका प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिए ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।