logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हजारबिघामा विद्यालय भवनको शिलान्यास


  • उज्यालो अभियान

हरिपुर, ११ पुस – सर्लाहीको हरिपुर नगरपालिका–१, हजारबिघामा रहेको पाँचकुमार रामऔतार लक्षिया माध्यमिक विद्यालयमा आज ४ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ ।

भवनको सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा शिलान्यास गरिएको हो । चार कोठाको विद्यालय भवन निर्माण गर्न संघीय सरकारले एक करोड रुपैयाँ बजेट विनियोजन गरेकामा ठेकेदारले ६२ लाख रुपैयाँमा नै ठेक्का सकार गरेका विद्यालयले जनाएको छ । यसै आर्थिक वर्षभित्र विद्यालय भवन तयार पारिसक्ने गरी ठेक्का लागेको छ ।

विद्यालय भवन शिलान्यास कार्यक्रममा हरिपुरका नगरप्रमुख गोपाल पन्जियार, वडाध्यक्ष नानीबाबु थापा, हरिपुर नगरपालिकाको शिक्षा शाखाका प्रमुख नागेश्वर राय, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर गोले, प्रधानाध्यापक श्रीनारायण गौतम, विद्यालयका जग्गादाता जग्गनाथ साह, एमाले नेता केदार खत्री, पूर्व प्रधानाध्यापक विनोदकुमार मिश्रलगायतको उपस्थिति रहेको थियो ।