नारायणखोला, ११ पुस – सर्लाहीको दुुर्गम भेगस्थित लालबन्दी नगरपालिका–१४, नारायणखोला मगरडिहीमा रहेको प्राथमिक विद्यालयका विद्यार्थीलाई आज ट्रयाक सुट र शैक्षिक सामग्री वितरण गरिएको छ ।
लायन्स क्लब अफ नमोवुुद्ध काठमाडौंले विद्यालयमा अध्ययनरत् सम्पूूर्ण ४० जना विद्यार्थीलाई एक÷एक जोर ट्रयाक सुट र एउटा थान टोपी वितरण गरेको हो । क्लबले विद्यार्थीलाई कापी, पेन्सिल, कटर र इरेजर पनि प्रदान गरेको स्थानीय युवा रोशन दोङले जानकारी दिए ।
दुुर्गम भेगमा रहेको यस विद्यालयका विद्यार्थीलाई ट्रयाक सुट र शैक्षिक सामग्री वितरण भएपछि विद्यार्थी र उनीहरुका अभिभावक खुसी भएका छन् ।
विद्यालयका अभिभावक तथा प्रधानाध्यापक रामकृष्ण थापाको उपस्थितिमा लायन्स क्लब अफ नमोवुद्ध काठमाडौंका अध्यक्ष दीपक कुमार तामाङ, हरिप्रसाद दाहाल, कर्म गुरुङ, सूर्य लोप्चन र विश्व लामा भएर विद्यार्थीलाई ट्राक सुट र शैक्षिक सामग्री वितरण गरेका हुन् ।