लालबन्दी, ०९ पुस – सर्लाहीको लालबन्दीस्थित बाल संरक्षण संस्थाले मर्यादित महिनावारी सम्बन्धि पहिलो वार्षिक समिक्षा बैठक सम्पन्न गरेको छ ।
राधा पौडेल फाउण्डेसनको सहयोगमा संस्थाले संचालन गरिरहेको कार्यक्रमको संस्थाकी अध्यक्ष राधा घिमिरेको अध्यक्षता तथा लालबन्दी नगरपालिकाकी उपप्रमुख कल्पनामाया पाख्रिनको प्रमुख आतिथ्यतामा वार्षिक समिक्षा गरिएको हो । कार्यक्रमकी संयोजक सरिता कटुवालले समाजमा महिनावारीका विषयमा धेरै परिवर्तन आएको जानकारी दिईन् । महिनावारी हुँदा खाना पकाउन तथा घरभित्र बस्न दिने, छात्राहरुले यसबारेमा खुलेर बोल्ने वातावरण तय भएको उनको भनाई छ ।
लालबन्दी १० स्थित माध्यमिक विद्यालय चन्द्रपुरका प्रधानाध्यापक गोपाल श्रेष्ठले महिनावारी हुँदा छात्राहरुले निधक्कसँग स्यानेटरी प्याड मागेर प्रयोग गर्ने गरेका अनुुभव सुनाए । बाल क्लबका अध्यक्ष राहुुल कुमार राम चमारले अब महिनाबारीको कुरा गर्न कुनै धक नरहेको उल्लेख गरेका छन् ।
लालबन्दीकी उपप्रमुख पाख्रिनले लालबन्दी ३, ९ र १० संचालन भइरहेको महिनावारी कार्यक्रम सबै वडामा संचालन गर्न आयोजक संस्थालाई सुुझाव दिए ।
कार्यक्रममा लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने, शिक्षा शाखा प्रमुख लक्ष्मी शिवाकोटी, स्वास्थ्य शाखा प्रमुख मुमताज मिकरानी, नगर अस्पताल लालबन्दीका प्रमुख डा. चन्दन चौधरी, विभिन्न विद्यालयका प्रधानाध्यापक, बाल क्लब, महिला समूहलगायतको उपस्थिति रहेको थियो ।