logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

ट्याक्टरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

हरिपुर, ०९ पुस – नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको फरहदवामा सोमबार साँझ ट्याक्टरसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

हरिपुर नगरपालिका–३, फरहदवास्थित चिरान मिल अगाडि भएको दुर्घटनामा कविलासी नगरपालिका–७, का १९ वर्षीय चन्दन यादवको मृत्यु भएको हो । हरिपुरबाट गैरतर्फ बालुवा बोकेर जाँदै गरेको ज २ त ४५२ नम्वरको ट्याक्टरमा यादवले चलाएको बीआर ०५ एक्यू ८७५९ नम्वरको भारतीय मोटरसाइकल पछाडिबाट ठोक्किएको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ ।

दुर्घटना लगत्तै यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हरिपुरका प्रहरी निरीक्षक रोमनराज अर्यालले जानकारी दिए । मृतक युवकको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ ।

प्रहरीले दुर्घटनामा परेको ट्याक्टर र मोटरसाइकल नियन्त्रणमा लिएको छ । आज बिहानसम्म पनि ट्याक्टर चालक फरार रहेका छन् ।
फरार रहेका ट्याक्टर चालकको खोजी भइरहेको प्रहरी निरीक्षक अर्यालले बताए । उनका अनुसार ट्याक्टर चालकको पहिचान भइसकेको छ ।