logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

कांग्रेस सर्लाहीले सुरु गर्यो १०० दिने अभियान


  • उज्यालो अभियान

मलंगवा, १८ मंसिर – नेपाली कांग्रेस सर्लाहीले आज १०० दिने अभियानको सुरुवात गरेको छ ।

पार्टी जिल्ला कार्य समिति सर्लाहीको आयोजनामा सदरमुकाम मलंगवामा औपचारिक रुपमा अभियानको सुरुवात गरिएको हो । जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहको अध्यक्षता तथा पार्टीका नेता एवं पूर्वमन्त्री एनपी साउँदको प्रमुख आतिथ्यतामा आयोजित अभियानको उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य गोविन्द बहादुर साह, प्रदेश प्रतिनिधिका रुपमा मधेश प्रदेश उपभासपति चन्द्रशेखर यादव, पूर्व जिल्ला सभापति नागेन्द्र कुमार, मधेश प्रदेशसभा सदस्य जंगिलाल रायलगायतको उपस्थिति रहेको थियो ।

१०० दिने अभियान अन्तर्गत जिल्लामा अधिवेशन हुन नसकेका विभिन्न तहको अधिवेशन गराउने, पार्टीको क्रियाशील सदस्यको सदस्यता नवीकरण अघि बढाउनेलगायतका काम हुने कांग्रेस सर्लाहीका सचिव निरोज कार्कीले जानकारी दिए ।