रामनगर, १७ मंसिर – सर्लाहीको दक्षिण–पश्चिम ग्रामीण भेगस्थित रामनगर गाउँपालिकाको खैर्बा बजारमा आज नेपाली कांग्रेसको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहको अध्यक्षता तथा पार्टीका नेता एवं पूूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीको प्रमुख आतिथ्यतामा बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई पूर्व मन्त्री निधी, जिल्ला सभापति सिंहसहित पूूर्व मन्त्री एनपी साउँद, कांग्रेस मधेश प्रदेशका उपसभापति वीरेन्द्र प्रसाद सिंहलगायतले सम्वोधन गर्नुुभएको छ ।
कार्यक्रममा उल्लेख्य संख्यामा अन्य पार्टीका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका कांग्रेस नेताले दावी गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रममा कांग्रेसले क्षेत्र नं. ४ का प्रत्येकजसो गाउँबाट ठूूलो संख्यामा कार्यकर्ता उतारेको थियो ।