logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

अनेरास्ववियु सर्लाहीको नयाँ नेतृत्व घोषणा, अध्यक्षमा दाहाल


  • उज्यालो अभियान

लालबन्दी, १२ कात्तिक – नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सर्लाहीको नयाँ नेतृत्व घोषणा भएको छ ।

कात्तिक १० गते उद्घाटन भएको २० औँ जिल्ला सम्मेलनमा नेतृत्वका लागि सर्वसम्मत हुन नसकेपछि नयाँ नेतृत्व चयनको जिम्मेवारी ५ सदस्यीय अध्यक्ष मण्डललाई दिइएको थियो । उक्त अध्यक्ष मण्डलले दुई दिनको अथक प्रयासपछि आज आशिषबाबु दाहाल अध्यक्ष रहने गरी अनेरास्ववियु सर्लाहीको ३५ सदस्यीय जिल्ला कार्य समिति घोषणा गरेको हो ।

समितिमा मोहन तामाङ, सरोज चौधरी र सुशील मैनाली उपाध्यक्ष, मोहितराज खड्का सचिव, हिमाल घिमिरे, महेश थापा र सदाम हुसेन सह–सचिव, सजिना वाइवा कोषाध्यक्षलगायत अन्य सदस्य रहेका छन् । नवगठीत अनेरास्ववियु सर्लाहीका पदाधिकारी तथा सदस्यलाई अनेरास्ववियुकी केन्द्रीय सचिव अन्जना शिवाकोटीले आज शपथ ग्रहण गराएकी छिन् ।

अनेरास्ववियु सर्लाहीको नयाँ नेतृत्व चयनका लागि भन्दै प्रदेश अध्यक्ष आर पी यादव अध्यक्ष रहेको पाँच सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको थियो । समितिमा विदुर प्याकुरेल, समिमबाबु खान, प्रज्वल ढुंगाना र कायरा पोखरेल सदस्य रहेका थिए ।

नेतृत्वमा ४ जनाले दाबी नछाड्दा लामो प्रयासपछि आशिषबाबु दाहालको नेतृत्वमा नयाँ समिति घोषणा गर्न सफल भएको अनेरास्ववियुका एक नेताले बताए ।