कडा सुरक्षाघेरामा २०८० पुस २६ गते सर्लाही जिल्ला अदालत मलंगवामा पेश गर्न ल्याईएका ‘तपस्वी’ राम बहादुर बम्जन । (तस्बिर : उज्यालो अभियान)
मलंगवा, १३ जेठ – पूर्पक्षका लागि महोत्तरी कारागारमा रहेका ‘तपस्वी’ रामबहादुर बम्जन विरुद्ध चढेकाे मुद्धाकाे पेशी आज (आईतबार) पनि सारिएकाे छ ।
मुद्धाका प्रतिवादी बम्जन पक्षका कानून व्यवसायीले माग गरे अनुसार आजकाे पेशी स्थगित भएकाे अदालतले जनाएकाे छ । अर्काे पेशी जेठ २४ गते ताेकिएकाे छ ।
यसअघि जेठ २ गतेकाे पेशी वादी जिल्ला सरकारी वकिल कार्यालयले स्थगित गराएकाे थियाे भने गत वैशाख २५ गतेकाे पेशी प्रतिवादी बम्जन पक्षका वकिलले सार्न लगाएका थिए ।
सर्लाही जिल्ला अदालतका न्यायाधिश विष्णुप्रसाद रेग्मीको इजलासले गत पुस २६ गते पुर्पक्षका लागि कारागार चलानकाे आदेश दिएपछि बम्जन हाल महाेत्तरी कारागार जलेश्वरमा छन् ।
याे पनि पढ्नाेस्