कडा सुरक्षाघेरामा २०८० पुस २६ गते सर्लाही जिल्ला अदालत मलंगवामा पेश गर्न ल्याईएका ‘तपस्वी’ राम बहादुर बम्जन । (तस्बिर : उज्यालो अभियान)
मलंगवा, ०२ जेठ – पूर्पक्षका लागि महोत्तरी कारागारमा रहेका ‘तपस्वी’ रामबहादुर बम्जन विरुद्ध चढेकाे मुद्धाकाे पेशी आज (बुधबार) पनि सरेकाे छ ।
मुद्धाकाे वादी जिल्ला सरकारी वकिल कैलाश दाहालले आजकाे पेशी सार्न निवेदन दिएपछि आगामी जेठ १३ गते अर्काे पेशी ताेकिएकाे सर्लाही जिल्ला अदालतका स्रेस्तेदार शदन अधिकारीले जानकारी दिए । गत वैशाख २५ गतेकाे पेशी भने प्रतिवादी बम्जन पक्षका वकिलले सार्न लगाएका थिए ।
सर्लाही जिल्ला अदालतका न्यायाधिश विष्णुप्रसाद रेग्मीको इजलासले गत पुस २६ गते पुर्पक्षका लागि कारागार चलानकाे आदेश दिएपछि बम्जन हाल महाेत्तरी कारागार जलेश्वरमा छन् ।
याे पनि पढ्नाेस्
‘तपस्वी’ रामबहादुर बम्जनलाई पुर्पक्षमा जेल चलान गर्न आदेश
‘तपस्वी’ बम्जनको मुद्धामा लिखित नोट पेश गर्ने आदेश : क-कसले गरे बहस ?