logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

साना किसान सहकारीद्वारा लालबन्दीमा दुग्ध तथा खाद्यान्न बिक्री केन्द्र स्थापना


  • उज्यालो अभियान

लालबन्दी, १४ बैशाख – लालबन्दी ४ हरिभवनमा रहेको साना किसान कृषि सहकारी संस्थाले आजबाट लालबन्दी बजारमा दुग्ध तथा खाद्यान्न बिक्री केन्द्र स्थापना गरेको छ ।

किसानले उत्पादन गरेको दुग्धजन्य पदार्थ र खाद्यान्न सोझै उपभोक्तासम्म पुर्याउने उद्देश्यले लालबन्दी नगरपालिका ७ स्थित बजारमा बिक्री केन्द्र स्थापना गरिएको मुख्य प्रवन्धक प्रेमबहादुर थापाले बताए ।

दुग्ध तथा खाद्यान्न बिक्री केन्द्रको लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारीले आज बिहान रिवन काटेर उद्घाटन गरेका हुन् । संस्थाले बैशाख १ गतेमात्रै हरिभवनस्थित कार्यालय परिसरमा दुग्ध सङ्कलन तथा बिक्री केन्द्र संचालनमा ल्याएको थियो ।

बिक्री केन्द्रको उद्घाटन कार्यक्रममा लालबन्दी नगरपालिकाकी उपमेयर कल्पनामाया पाख्रिन, पूर्व मेयर मानबहादुर खड्का, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने, संस्थाका अध्यक्ष दशरथ चौधरीलगायतको उपस्थिति रहेको थियो ।