बरहथवा, ९ बैशाख – सर्लाहीको साबिक बरहथवा गाउँ विकास समिति (गाविस) का अध्यक्ष रामचन्द्र महतो नुनियाको निधन भएको छ ।
लामो समयदेखि प्यारालाइसिस रोगबाट ग्रसित बरहथवा नगरपालिका ५ निवासी महतोको हिजो ७५ वर्षको उमेरमा निधन भएको हो । नेपाली कांग्रेसका नेता समेत रहेका महतोको गएसाँझ बागमती खोलास्थित खर्साल घाटमा अन्त्येष्टि गरिएको छ ।
उनको पार्थिब शरीरमा नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंह, कांग्रेस बरहथवा नगर समितिका सभापति उपेन्द्र महतो, बरहथवा ५ का वडाध्यक्ष शिवकुमार सिंह, बरहथवा ६ का वडाध्यक्ष मोहम्मद आफताब आलमलगायत भएर पार्टीको झण्डा ओढाई श्रद्धान्जली व्यक्त गरेका छन् ।