logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

मलंगवा अन्तर्गत पूर्वी क्षेत्रमा आजदेखि दिनभर बत्ती नआउने


  • उज्यालो अभियान

मलंगवा, २७ चैत – सर्लाहीको मलंगवा वितरण केन्द्र अन्तर्गतका विभिन्न क्षेत्रमा आज(मंगलबार) देखि पर्सी(विहिबार) सम्म दिनभर बत्ती नआउने भएको छ ।

वितरण केन्द्रले सूचना जारी गरी ११ केभी लाइन निर्माणको कार्य गर्नुपर्ने भएकाले बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म बत्ती काट्न लागिएको जनाएको हो । मलंगवादेखि पूर्वका भागहरु पर्सा, हरिपूर्वा, संग्रामपुर, कविलासी, साहपुर, डुमरिया, जिंगडवा, भेल्ही, ब्रम्हपुरी, नोकेल्वा, त्रिभुवननगर, चन्द्रनगर क्षेत्रमा ३ दिन ९ घण्टा बत्ती नआउने भएको छ ।

चर्को घाममा घण्टौं बत्ती काटिँदा स्थानीय भने मारमा परेका छन् । सर्लाहीमा त्यसैपनि केही दिनदेखि बत्ती अनियमित बनिरहेको छ । साँझपख जिल्लाभर नै बत्ती झ्याप्झ्याप्प जाने समस्या छ । अझ मलंगवा वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा बढी नै समस्या रहेको गुनासो स्थानीयले गरेका छन् ।