logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

‘एसपी गौरव’ विरुद्ध सर्लाही जिल्ला अदालतबाट ५ दिन म्याद थप


  • उज्यालो अभियान

मलंगवा, ०७ चैत – ठगी गरेको आरोपमा आज (बुधबार) बिहान पक्राउ परेका ‘एसपी गौरव’ भनिने शंकर पहाडीलाई सर्लाही जिल्ला अदालतले अनुसन्धानका लागि प्रहरीलाई ५ दिनको म्याद प्रदान गरेको छ ।

आज दिउँसो अदालतमा पेश गर्दा पहिलो पटक ५ दिनको म्याद प्रदान भएको हरिवनका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अनिलराज गिरीले उज्यालो अभियानसँग बताए । पहाडीलाई इलाका प्रहरी कार्यालय हरिवनको हिरासतमा राखिने छ । पहाडी आज बिहान लालबन्दीबाट पक्राउ परेका हुन् ।

याे पनि पढ्नाेस्

ठगी आरोपमा पक्राउ परे ‘एसपी गौरव’