बालगृहमा पुगेर नगद रकम हस्तान्तरण गर्दै ईन्स्पेक्टर अनिल राज गिरी । (तस्बिर : उज्यालो अभियान)

आश्रमका बालबालिकाहरुसँग ईन्स्पेक्टर अनिल राज गिरी तथा संस्थाका अध्यक्ष सुरेन्द्र लामा र उपाध्यक्ष एवं प्रदेश सभा सदस्य बेची लुंगेली । (तस्बिर : उज्यालो अभियान)
हरिवन, ०७ चैत – ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक(ईन्स्पेक्टर) अनिल राज गिरीले आफूले पाएको पुरस्कार रकम स्थानीय बालआश्रमलाई प्रदान गरेका छन् ।
केही दिनअघि डिभिजन वन कार्यालयबाट प्राप्त नगद १० हजार रुपैंया ईन्स्पेक्टर गिरीले हरिवन नगरपालिका-५, घुर्कौली स्थित द्वन्द्वपीडित बालगृहलाई सहयोग स्वरुप हस्तान्तरण गरेका हुन् । बुधबार बिहान बालगृहमै पुगेर ईन्स्पेक्टर गिरीले नगद रकम बालगृह सञ्चालक संस्था चेतना सन्देश नेपालका अध्यक्ष सुरेन्द्र लामा, उपाध्यक्ष एवं प्रदेश सभा सदस्य बेची लुंगेली लगायतको उपस्थितीमा बालबालिकालाई प्रदान गरेका थिए । कामका सिलसिलामा आफूले पुरस्कार स्वरुप पाएको नगद रकम देशका कर्णधार बालबालिकाको शिक्षा दिक्षामा थोरै भएपनि टेवा पुगोस् भन्ने उद्धेश्य सहित अर्पण गर्न पाउँदा निकै खुशी लागेको ईन्स्पेक्टर गिरीको भनाई थियो । चेतनाका अध्यक्ष लामाले राष्ट्रसेवकको रुपमा रहेका व्यक्तित्वहरुबाट आश्रममै आएर सहयोग गर्नु बालबालिकाका लागि निकै ठूलो सहयोग अनि उत्प्रेरणा भएको भन्दै ईन्स्पेक्टर गिरीप्रति हार्दिक आभार प्रकट गरे ।
अवैध ढंगले वन पैदावार ओसार पसार एवं विक्री वितरण तथा वन्यजन्तु चोरी शिकारी नियन्त्रणमा उल्लेख्य योगदान पुर्याएको भन्दै डिभिजन वन कार्यालय लालबन्दीले गत आईतबार ईन्स्पेक्टर गिरीलाई नगद १० हजार सहित सम्मान-पत्र प्रदान गरेको थियो ।
हरिवनका ईन्स्पेक्टर गिरी वन कार्यालयद्वारा नगद सहित सम्मानित