logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

हरिवनका ईन्स्पेक्टर गिरी वन कार्यालयद्वारा नगद सहित सम्मानित


  • उज्यालो अभियान

ईन्स्पेक्टर अनिलराज गिरीलाई नगद सहित सम्मान-पत्र प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी काेमल प्रसाद धमला । (फाेटाे : सामाजिक संजाल)

लालबन्दी, ०५ चैत – ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक(ईन्स्पेक्टर) अनिल राज गिरीलाई डिभिजन वन कार्यालय लालबन्दीले नगद राशी सहित सम्मान-पत्र प्रदान गरेकाे छ ।

वन कार्यालयले नगद १० हजार सहित ईन्स्पेक्टर गिरीलाई आईतबार साँझ सम्मान-पत्र प्रदान गरेकाे हाे । ´तपाईले यस चालु आ.व. २०८०/०८१ मा वन्यजन्तु चोरी शिकारी तथा अवैध वन पैदावार ओसार पसार एवं विक्री विवरण नियन्त्रण कार्यमा सहयोग गरी संरक्षण कार्यमा यहाँले पुर्याउनु भएको अतुलनीय योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै कदर स्वरुव रु. १०,०००।- (अक्षरेपीः दश हजार मात्र) नगद पुरस्कार सहित यो सम्मान-पत्र प्रदान गरिएको छ’, प्रमुख जिल्ला अधिकारी काेमल प्रसाद धमला र डिभिजन वन अधिकृत मंजुर अहमदद्वारा हस्ताक्षरित सम्मान-पत्रमा भनिएकाे छ, ´आगामी दिनमा वन एवं जैवीक विविधताको संरक्षण समेतमा थप योगदान पुर्याउने अपेक्षा सहित तपाईको उत्तरोत्तर प्रगतिको शुभकामना ।’ सम्मानबाट आफूलाई थप उत्साहका साथ जिम्मेवारी निर्वाह गर्न उत्प्रेरणा मिलेकाे उल्लेख गर्दै ईन्स्पेक्टर गिरीले सम्मान गर्ने डिभिजन वन कार्यालय परिवारप्रति आभार समेत प्रकट गरे ।

ईन्स्पेक्टर गिरीले यसअघि जिल्ला प्रहरी कार्यालय सर्लाहीले समेत उत्कृष्ट प्रहरी अधिकृतकाे रुपमा अभिलेखमा जनिने गरि पुरस्कृत गरेकाे थियाे । गिरीले प्रमुखकाे कार्यभार सम्हालेयता ईलाका प्रहरी कार्यालय हरिवनले हरिवन, बागमती, जिरायत, घुर्काैली, सासापुर लगायत क्षेत्रमा अपराधिक गतिविधीमा न्यूनिकरण तथा अपराधिक कृयाकलाप गरि वर्षाैंदेखि फरार रहेका दाेषि एवं अभियुक्तहरुलाई नियन्त्रणमा लिएर कारबाहीकाे दायरामा समेत ल्याईरहेकाे छ ।