गत शुक्रबार प्रहरीकाे गाेली लागेर मृत्यु भएका युवक जयशंकर साहकाे शव लिन आईतबार राती बरहथवा स्थित घटनास्थल पुगेकाे एम्बुलेन्स । (तस्बिर : सामाजिक संजाल)
बरहथवा, २२ पुस – जिल्ला प्रशासन कार्यालय मलंगवामा आईतबार साँझ भएकाे सहमति अनुसार बरहथवामा प्रहरीकाे गाेली लागेर मृत्यु भएका युवककाे शव उठाईएकाे छ ।
अहिले आईतबार राती साँढे ९ बजे मृतककाे शव पाेष्टमार्टमका लागि घटनास्थलबाट उठाएर प्रादेशिक अस्पताल मलंगवा पठाईएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी प्रविण धितालले जानकारी दिए । ´शव उठाएर पाेष्टमार्टमका लागि मलंगवा पठाईसकिएकाे छ`, एसपी धितालले आईतबार राती उज्यालाे अभियानसँग भने, ´अब बरहथवा बजार क्षेत्र पूरै शान्त भईसक्याे ।`
बरहथवा नगर अस्पताललाई प्रादेशिक अस्पताल बनाउने विषयमा विवाद हुँदा सूरु भएकाे विराेध प्रदर्शनका क्रममा गत शुक्रबार स्थानीय युवक जयशंकर साहकाे प्रहरी गाेली लागेर मृत्यु भएकाे थियाे ।
याे पनि पढ्नाेस्
बरहथवा घटना : ११ बुँदे सहमतिपछि आन्दोलन स्थगित
बरहथवा घटना : जिल्ला प्रशासन कार्यालयमा सहमती, मृतकको शव आजै उठाइने
बरहथवा गोली काण्ड : छानविन समिति काठमाडौंबाट हिड्यो
कर्फ्यूका बीच बरहथवामा प्रदर्शन चर्क्याे, दर्जनाैं राउण्ड अश्रुग्याँस र हवाई फायर (भिडिओ)
बरहथवामा पुन: कर्फ्यू आदेश जारी
बरहथवा घटना : जयशंकरको शव तीन दिनदेखि घटनास्थलमा, जिल्ला प्रशासनमा छलफल हुँदै
सर्लाहीको बरहथवा तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर र अश्रुग्यास प्रहार
बरहथवा घटना : सर्वदलिय बैठक सकियो, सीडीओसहितको टोली घटनास्थलमा पुग्दै