बागमती – नेकपा माओवादी केन्द्रले राष्ट्रव्यापी कार्यक्रम अन्तर्गत शनिबार सर्लाहीका २० पालिकाका २०० वटै वडामा एकैसाथ “जनतासँग माओवादी विशेष रुपान्तरण अभियान” सुरु गरेको छ ।
जिल्लाभर यो अभियान सुरु गर्न ३ दिनअघि लालबन्दीमा अभिमुखीकरण कार्यक्रम गरिएको थियो । प्रशिक्षण पश्चात आज २०० वटै वडामा एकसाथ अभियानको शुभारम्भ गरिएको माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा सर्लाही जिल्ला इन्चार्जमा महोत्तरीदेखि आएका राजु खड्काले बताए ।
पालिका तथा वडा स्तरमा रहेका नेता कार्यकर्ताले आ–आफ्नो स्थानमा भेला भएर शनिबार अभियानको सुभारम्भ गरेका छन् । ३ महिने अभियान अन्तर्गत माओवादीले पछिल्लो समय चालेको कदम, सरकारका गतिविधिलगायतबारे आम जनतालाई प्रष्ट पारिने पार्टीका जिल्ला इन्चार्ज खड्काले बताए ।
उनका अनुसार अभियान संचालनका लागि केन्द्रिय सदस्यहरुलाई विभिन्न पालिका छुट्याएर जिम्मेवारी दिइएको छ ।