लालबन्दी – नेकपा एमाले लालबन्दी नगर कमिटीको नेतृत्वमा युवा पुस्ता आएको छ ।
एमाले सर्लाही जिल्ला कमिटीको बैठकले युवालाई अवसर दिँदै नगर कमिटीको नेतृत्व सुम्पिएको हो । त्यस अनुसार अध्यक्षमा सरोजबाबु न्यौपाने, उपाध्यक्षमा दीपक लामा, सचिवमा कुलप्रसाद गौतम (शिवहरि), उपसचिवमा सन्तोषराज रौनियार र वर्षा लामा चयन भएका छन् ।
बाँकी पदाधिकारी तथा सदस्य टुंगिन बाँकी रहेको छ । लालबन्दीसहित अन्य पालिकामा पनि यो पटक अधिकांश युवालाई मनोनयन गरिएको छ ।
एमाले जिल्ला कमिटी सर्लाहीका अध्यक्ष राजनारायण साहले बरहथवा, बागमती, हरिपुर र हरिपूर्वाबाहेक निष्क्रिय अवस्थामा रहेका १६ वटा पालिकामा नयाँ नेतृत्व चयन गरिएको जानकारी दिए । उनका अनुसार जिल्ला कमिटीमा १३५ जना रहेकोमा ११ जना थप गरेर १४६ जना पुर्याइएको छ ।