logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

संचारमन्त्री रेखा शर्मा बागमतीमा सम्मानित


  • उज्यालो अभियान

बागमती – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई सर्लाहीको बागमती नगरपालिकाले सम्मान गरेको छ ।

पालिकासहित जिल्लाको विकासमा संघीय सरकारको तर्फबाट सहयोग गरेकोमा खुशी व्यक्त गर्दै बागमती नगरपालिकाले सम्मान गरेको हो । नगर प्रमुख भरतबहादुर थापा जिल्ला बाहिर रहेकाले उपप्रमुख लीला मोक्तानले शुक्रबार साँझ जनकपुरबाट सिमरा फर्किने क्रममा कदरपत्र प्रदान गर्दै मन्त्री शर्मालाई सम्मान गरेकी थिईन् ।

नेकपा माओवादी केन्द्र स्थायी समिति सदस्यसमेत रहेकी शर्माले २०७० सालको निर्वाचन अघि सर्लाही जिल्लामा लामो समय बसेर पार्टी संगठन निर्माणमा पनि योगदान गरेकी थिईन् । कार्यक्रममा मन्त्री शर्माले बागमती नगरपालिकाले उत्पादन वृद्धि गर्दै नगरबासीलाई समृद्धिमा जोड्न देशभरिमै नमूना काम गरेको बताईन् ।

माओवादी केन्द्रले नेतृत्व गरेका धेरै पालिकाहरुले राम्रो काम गरेको उल्लेख गर्दै उनले अब पालिकाहरुबिच यसरी नै उत्पादन र समृद्धिमा प्रतिस्पर्धा हुनुपर्ने बताईन् । बागमती नगर उपप्रमुख मोक्तानले नगरले ६५ बिगाहा जग्गामा भरत ताल निर्माण गरेर लाखौं पर्यटक भित्र्याउँदै दैनिक एक सय बढीलाई रोजगारी दिएको, सो तालको क्षेत्रफल बढाएर १२१ बिगाहा पुर्याउने तयारी गरिएको बताईन् ।

यसैगरी, उनले १५० बिगाहा जग्गामा नगर बगैंचा निर्माण गरेको, पाँचतारे होटल सञ्चालनको उद्देश्यसहित फनपार्कका ३८ कोठे भवन निर्माण गरेको, ६ हजार सुकुम्बासीको व्यवस्थापन गरेको, सामुदायिक विद्यालय पढ्ने विद्यार्थीको संख्या दुई हजारबाट १२ हजार पुर्याएको लगायतका प्रगति सुनाईन् । सो क्रममा मन्त्री शर्माले भरत तालमा बोटिङ गर्नुका साथै नवनिर्मित फनपार्क भवन निरीक्षण पनि गरेकी थिईन् ।