हरिवन – राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्व शिक्षा मन्त्री शिशिर खनाललाई सर्लाहीकाे सम्पर्क सांसद ताेकेकाे छ ।
काठमाडाैं क्षेत्र नम्बर ६ बाट संघीय सांसदमा निर्वाचित खनाललाई पार्टीले सर्लाहीका जनताकाे गुनासाे सुनेर संसदमा आवाज उठाउन तथा अन्य विभिन्न निकायमा पहलकदमी गर्नका लागि सम्पर्क सांसदकाे जिम्मेवारी दिएकाे हाे । रास्वपाले मुलुकभरका ७७ वटै जिल्लामा सम्पर्क सांसद तोकेकाे र त्यसक्रममा खनालले सर्लाहीकाे समेत जिम्मेवारी पाएका हुन् । खनाललाई सर्लाही सहित रोल्पा, दाङ र सप्तरी जिल्लाका लागि समेत सम्पर्क सांसद तोकिएको छ ।
देशभरका नागरिकहरुले सीधा सम्पर्क गरी आफ्नो आवाज संसद्सम्म बुलन्द गर्न सघाउ पुगोस् भनेर पार्टीका तर्फबाट संघीय सांसदमा निर्वाचित जनप्रतिनिधिहरुलाई विभिन्न जिल्लाकाे सम्पर्क सांसद तोकिएकाे पार्टीले जनाएकाे छ ।