मफंगवा – सशस्त्र प्रहरी बल मनुष्मारा बेस क्याम्पले सात लाख मूल्य बराबरको मोबाइल सेट बरामद भन्सार कार्यालयमा बुझाएको छ ।
भारतीय बजारबाट अबैध रुपमा ल्याइएको विभिन्न ब्राण्डका स्मार्ट फोन बरामद् गरि बुधबार दिउँसाे भन्सार कार्यालय मलंगवा बुझाईएकाे सशस्त्र प्रहरी बलले जनाएकाे छ । मनुस्मारा बेस क्याम्पका सशस्त्र प्रहरी निरीक्षक सुबास भट्टराईको नेतृत्वमा रहेको गस्ती टोलीले बसबरीया गापा-५ पोखरीयाबाट उक्त माेबाईल सेटहरु बरामद गरेको हो ।
नक्कली बिलमा भन्सार छलि गरेर नेपालतर्फ माेबाईल सेट भित्रयाउन खाेजेकाे पाईएकाे र आवश्यक कार्बाहीका लागि भन्सार कार्यालय बुझाईएकाे सशस्त्र प्रहरी बल १० नम्बर गण कविलासीका गणपति सशस्त्र प्रहरी उपरीक्षक तुला भण्डारीले जानकारी दिए । सशस्त्र प्रहरी निरीक्षक भट्टराईका अनुसार बुधबार बिहान ४:३० बजेको समयमा मोबाइल बरामद गरिएकाे हाे । माेबाईल काराेबारीले भ्याट बिल र अनलाईन बिल नै नक्कली बनाएकाे फेला परेकाे भट्टराईले बताए ।
पछिल्लो समयमा सशस्त्र प्रहरीको गस्ती टोलीले सक्रियता बढाउदा मनुस्मारा क्षेत्रमा शान्तिसुरक्षाकाे अवस्था सहित अवैध निकासी पैठारीमा समेत नियन्त्रण आउन थालेको स्थानीयबासीहरु बताउँछन् ।