logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीमा पानी पर्लाजस्तो भई मौसम धुम्मियो


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको मौसम अहिले बद्ली भई धुम्मिरहेको छ ।

दिउँसोदेखि मौसममा बद्ली भई धुम्मिएको हो । जिल्लाभर नै मौसम बद्ली भई धुम्मिएको हाम्रा संवाददाताहरुले जनाएका छन् । सर्लाहीमा गएको भदौदेखि पानी पर्न सकेको छैन् ।

खडेरीले किसान चिन्तित छन् । किसान आकाशे वर्षाको प्रतिक्षामा बसिरहेका छन् ।

पानी परे यहाँका किसानले बाँझो खेतबारी खनजोत गरेर मकै रोप्ने तयारी गरेका छन् । पानी नपर्दा अहिले यहाँ धुलो, धुँवाको अत्यधिक समस्या छ ।