logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हरिवनमा १ घण्टा राजमार्ग अवरुद्ध, इलाका प्रहरी कार्यालयमा वार्ता जारी


  • उज्यालो अभियान

हरिवन – ट्याक्टरको ठक्करबाट एक जना बालकको मृत्यु भएपछि स्थानीयले हरिवनमा शुक्रबार दिउँसो पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

ट्याक्टरका चालकलाई नियन्त्रणमा लिइ कारवाही चलाउन र मृतकको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग राख्दै स्थानीयले हरिवन ११ स्थित पूर्व–पश्चिम राजमार्गमा टायर बालेर एक घण्टा सवारी आवागमन ठप्प पारेका हुन् । प्रहरीले आक्रोशित स्थानीयलाई सम्झाइबुझाइ गरी राजमार्ग खुलाएको छ ।

हिजो दिउँसो हरिवन नगरपालिका ५ स्थित भित्री सडकमा ना ६ त ८४४ नम्वरको ट्याक्टरले ठक्कर दिँदा स्थानीय सिंहेश्वर शर्माको छोरा १२ वर्षीय ओमशंकर शर्माको मृत्यु भएको थियो । अहिले इलाका प्रहरी कार्यालय हरिवनमा पीडित, ट्याक्टरधनी र प्रहरीबीच वार्ता जारी छ ।