हरिपुर – लायन्स क्लब अफ लालबन्दी सिटीले आइतबार सर्लाहीको हरिपुरस्थित एक विद्यालयलाई १० थान डेक्स प्रदान गरेको छ ।
क्लबले हरिपुर नगरपालिका–७, पचगछियामा रहेको श्रवण जनता प्राथमिक विद्यालयलाई १० थान डेक्स सहयोग गरेको हो । केही दिनअघि विद्यालयमा सहयोग प्रदान गर्न जाँदा बालबालिकालाई पठनपाठनका लागि डेक्सको अति नै अभाव रहेको देखेपछि आज डेक्स लगेर शिक्षकहरु मार्फत विद्यालयलाई हस्तान्तरण गरिएको लायन्स क्लब अफ लालबन्दी सिटीका पूर्व अध्यक्ष राजकुमार न्यौपानेले जानकारी दिए ।
उनका अनुसार लायन्स क्लब डिष्टिक ३२५ एच का कोषाध्यक्ष कविन्द्र जोशीले व्यक्तिगत खर्चमा डेक्स उपलब्ध गराएका हुन् । जोशीले उपलब्ध गराएको डेक्स लायन्सका वर्तमान अध्यक्ष चिरन्जीवी खतिवडा, पूर्व अध्यक्ष न्यौपानेलगायत भएर विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।