बसबरिया – शिक्षामा दलित तथा विपन्न समुदायको पहुँच र चूनौति विषयक एक दिने अन्तक्र्रिया कार्यक्रम बुधबार सर्लाहीको बसबरिया गाउँपालिकामा सम्पन्न भएको छ ।
गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायको अध्यक्षतामा गाउँपालिकाकै सभाहलमा कार्यक्रम गरिएको हो । साउथ एशिया पार्टनशीप नेपाल (साप–नेपाल) को आयोजनामा भएको कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सरिता कुमारी, विभिन्न वडाका वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत चुनचुनप्रसाद यादव, शिक्षा शाखाका प्रमुख रामआश्रय ठाकुर, विभिन्न वडाबाट निर्वाचित दलित महिला सदस्य, मुसहर र अन्य दलित महिला लगायतको उपस्थिति रहेको थियो ।
सहभागीले मुसहर, माझी समुदायलगायत दलितको शिक्षामा पहुँच पु¥याउन साप–नेपालले गरिरहेको प्रयासको प्रशंसा गर्दै आगामी दिनम सबैपक्षबीच समन्वय हुनुपर्नेमा जोड दिनुभएको साप–नेपालका कार्यक्रम संयोजक जनक कार्कीले जानकारी दिए । साप–नेपालले बसबरियासहित चन्द्रनगर, बरहथवा र हरिपुरमा मुसहर समुदायको उत्थानका लागि काम गर्दै आइरहेको छ ।