लालबन्दी – नेपाल तामाङ घेदुङ सर्लाहीको वर्षौपछि नेतृत्व फेरिएको छ ।
शनिबार लालबन्दी नगरपालिका–८ स्थित तसी धार्केलिङ गुम्बामा आयोजित घेदुङको ८ औँ जिल्ला अधिवेशनले वुद्ध थिङ तामाङ अध्यक्ष रहने गरी सर्वसम्मत रुपमा १३ सदस्यीय कार्य समिति चयन गरेको हो । सर्लाहीमा तामाङ घेदुङको नेतृत्व लामो समयसम्म हिराकाजी लामाले गरे ।
विधानमा कार्य समिति २१ सदस्यीय रहने उल्लेख भएअनुसार भूगोल मिलाएर बाँकी ८ जना सदस्यसँगै सल्लाहकार पछि मनोनयन गरिने बताइएको छ ।
घेदुङका केन्द्रीय सदस्य जयमान पाख्रिनको प्रमुख आतिथ्यतामा आयोजित जिल्ला अधिवेशनले जिल्ला घेदुङको उपाध्यक्षमा शशी बल तामाङ, महिला उपाध्यक्षमा संगिता घिसिङ, सह–सचिवमा धर्मसिंह गोलेलगायत अन्य सदस्य चयन गरेको घेदुङको हरिवन नगर समितिका अध्यक्ष राजु लो तामाङले जानकारी दिए ।