logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लालबन्दीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

लालबन्दी – बिहीबार बिहान लालबन्दीमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५८ प १८१६ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा लालबन्दी नगरपालिका–७ दुर्गा मन्दिर चोक बस्ने ७० वर्षीय मौजे साह रौनियारको मृत्यु भएको हो । लालबन्दी राजमार्ग अन्तर्गत लालबन्दीस्थित पुरानो नगरपालिका कार्यालय अगाडि मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका वृद्ध रौनियारलाई लालबन्दीस्थित मोडेल अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि न्यूरो अस्पताल कलैया, बारा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख शान्तराम कार्कीले जनाए ।

वृद्धलाई बिहीबार बिहान ७ बजेतिर ओमशान्तिमा जानका लागि सडक पार गर्नेक्रममा मोटरसाइकलले ठक्कर दिएको थियो । प्रहरीले मोटरसाइकल र त्यसका चालक महोत्तरीको गौशाला नगरपालिका–८, बस्ने २२ वर्षीय अनिल मगरलाई नियन्त्रणमा लिएको छ ।

बागमती युवा क्लबसँग फुटबल खेल्नका लागि सम्झौता गर्न भन्दै बिहीबार बिहानैदेखि दाईसँगै बागमतीतर्फ जाँदै गर्दा मगरले चलाएको मोटरसाइकल दुर्घटनामा परेको हो ।