logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

जिल्लामै क्रियाशील विद्यार्थीको भेलाबाट नेविसंघको सभापति छानौँ : पूर्व सभापतिहरु


  • उज्यालो अभियान

लालबन्दी – नेपाल विद्यार्थी संघ सर्लाहीको सभापति जिल्लामै क्रियाशील विद्यार्थीहरुको भेला र आपसी छलफलबाट छान्न नेविसंघका पूर्व जिल्ला सभापतिहरुले माग गरेका छन् ।

नेविसंघको केन्द्रीय समितिले केही दिनअघि सर्लाही सभापतिमा धिरज दाहालाई मनोनित गरेको थियो । कांग्रेसको संस्थापन पक्षबाट मनोनित भएका दाहा नयाँ अनुहार रहेको र जिल्लामा भिज्दै नभिजेको व्यक्ति रहेको भन्दै खासगरी संस्थापन इतर पक्षले विरोध जनाइरहेको छ ।

नेविसंघका पूर्व जिल्ला सभापतिहरु अशोक खनाल, नवीन अधिकारी, जगतनारायण राय, निरमुनी मैनाली, विमल ढुंगेल, राजु थापाले हस्ताक्षर गरी सोमबार संयुक्त रुपमा जारी गरेका प्रेस विज्ञप्तीमा दाहालाई नेविसंघको जिल्ला सभापति बनाइएको निर्णय सच्याउन माग गरिएको छ ।

विज्ञप्तीमा आफूखुसी मनोमानी वा केही सिमित व्यक्ति र स्वार्थ समूहको प्रभावमा परेर नेविसंघको सभापति छानिएको आरोप लगाइएको छ ।