चक्रघट्टा – सर्लाहीको चक्रघट्टा गाउँपालिकाको ११ औँ गाउँसभा (हिउँदे अधिवेशन) शुक्रबारबाट प्रारम्भ भएको छ ।
गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवको अध्यक्षतामा गाउँसभाको हिउँदे अधिवेशन सुरु भएको हो । उद्घाटन सत्र समापन भए पनि बन्दसत्रमा चालू आर्थिक वर्ष २०७९÷०८० का विभिन्न योजनामाथि छलफल गरी आवश्यकता अनुसार योजना संशोधन गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्जिवकुमार यादवले जानकारी दिए ।
जिल्लामा अहिले स्थानीय तहले धमाधम हिउँदे अधिवेशन गरिरहेका छन् । सोहीक्रममा चक्रघट्टाले आज गाउँपालिकाको निर्माणका क्रममा अधुरो रहेको भवनमा गाउँसभा गरेको हो ।
सभामा उत्कृष्ट कर्मचारीबबका रुपमा राजस्व शाखाका प्रमुख दिनेशकुमार यादव, उत्कृष्ट वडा कार्यालयका रुपमा वडा नं. २ र उत्कृष्ट स्वास्थ्य चौकीका रुपमा सुन्दरपुर स्वास्थ्य चौकीलाई सम्मान गरिरएको चक्रघट्टा गाउँपालिका कार्यालयले जनाएको छ ।