logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मलंगवा आएर सिके राउतले भेटे कार्यकर्ता


  • उज्यालो अभियान

मलंगवा – जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले बिहीबार सर्लाही सदरमुकाम मलंगवामा आएर यहाँका कार्यकर्तासँग भेट गरेका छन् ।

सप्तरीमा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरी प्रतिनिधि सभामा निर्वाचित भएपछि राउत पहिलो पटक सर्लाही आएका हुन् । उनले मलंगवा ८ स्थित कुसुम पार्टी प्यालेसमा जनमत पार्टीका जिल्ला अध्यक्ष जवाहारलाल यादवको अध्यक्षतामा आयोजित कार्यकर्ता भेलालाई सम्वोधन गर्दै प्रत्येक पालिकामा कार्यालय खोल्ने प्रयास गर्ने र त्यो सम्भव नभए जिल्ला पार्टी कार्यालय स्थापना गरेर भएपनि त्यहाँ स्वयंसेवक राखेर नागरिकका समस्या समाधानका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सो कार्यक्रममा डा.. राउतको हातबाट अविर लगाउँदै ४५÷५० जना जनमत पार्टीका प्रवेश गरेका छन् ।