प्रतिकात्मक तस्बिर ।
मलंगवा – कविलासीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
दुर्घटनामा कविलासी नगरपालिका–९, सलेमपुर बस्ने ब्रह्मदेव रायका छोरा २७ वर्षीय डिकेश रायको मृत्यु भएको हो । मलङ्गवाबाट नवलपुरतर्फ आउँदै गरेको प्रदेश २–०३–००९ प ७९१५ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भइ सडक छेउमा गाडिएको पिलरमा ठोक्किँदा मोटरसाइकल चालक रायको मृत्यु भएको प्रहरीले जनायो ।
मोटरसाइकल दुर्घटना हुँदा राइको घटनास्थमै मृत्यु भएको भनी बुधबार बिहान स्थानीयबाट खबर प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनास्थलको प्रकृति मुचुल्का गरी मृतक रायको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टम गरी परिवारलाई बुझाइएको प्रहरीले जनायो ।
सो दुर्घटना राति के–कुन समयमा भयो ? भनी खुल्न नसकेको र दुर्घटनाका सम्वन्धमा थप अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) विजय श्रेष्ठले बताए ।