logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हरिपुर र लालबन्दीमा ३ सय जना विद्यार्थीलाई ब्याग वितरण


  • उज्यालो अभियान

लालबन्दी – लायन्स क्लबले मंगलबार सर्लाहीको लालबन्दी र हरिपुरमा ३ सय जना विद्यार्थीलाई स्कुल ब्याग प्रदान गरेको छ ।

लान्यस क्बल लालबन्दी, लालबन्दी सिटी क्लब, लालबन्दी सेन्चुरी र लायन्स क्लब बयलवासको संयुक्त आयोजनामा विद्यालयका अतिविपन्न विद्यार्थीलाई स्कुल ब्याग वितरण गरिएको हो । लालबन्दी ४ मा रहेको शिशुकल्याण जनता मावी हरिभवन, लालबन्दी ५ मा रहेको अम्बर ज्यान आधारभूत विद्यालय मेजरगन्ज र हरिपुर ७ मा रहेको श्रवण जनता आधारभूत विद्यालय पचगछियामा एक सय थानका दरले स्कुल ब्याग प्रदान गरिएको लायन्स क्लब अफ लालबन्दी सिटीका पूर्व अध्यक्ष राजकुमार न्यौपानेले जानकारी दिए ।

उनका अनुसार शिशु कल्याण जनता मा.वि. मा बालबालिकालाई चप्पल किन्न ५ हजार रुपैयाँ नगद समेत प्रदान गरिएको छ ।