logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

कौडेनामा सय जना विद्यार्थीको निःशुल्क रक्तसमूह पहिचान


  • उज्यालो अभियान

कौडेना – सर्लाहीको कौडेना गाउँपालिका–३, मा रहेको माध्यमिक विद्यालयमा मंगलबार एक सय जना विद्यार्थीको निःशुल्क रक्तसमूह पहिचान गरिएको छ ।

त्यहाँ रहेको जनता माध्यमिक विद्यालय कौडेना पर्सामा विद्यार्थीको निःशुल्क रक्तसमूह पहिचान अर्थात् ब्लड ग्रुप पत्ता लगाउने काम गरिएको हो ।

कौडेना गाउँपालिका, सक्षम टाइग्नोष्टिक एण्ड प्याथोलोजी सेन्टर र तारा पुन्ज युवा क्लबको सहकार्यमा विद्यार्थीको निःशुल्क रक्तसमूह पत्ता लगाउने काम गरिएको कौडेनाका स्थानीय युवा एवं गाउँपालिकामा कार्यरत गाउँ प्रहरी धिरोजकुमार यादवले जानकारी दिए ।