logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हरिवनमा मोटरसाइकल दुर्घटनामा घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौँ लगियो


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवनमा आइतबार राति मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ ।

गएराति ९ः४० बजे हरिवन नगरपालिका–९, दनुवारी चोकस्थित भित्री सडकमा प्रदेश २–०३–०१५ नम्वरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा बागमती नगरपालिका–११, कर्मैयाका ४२ वर्षीय सूर्यप्रसाद घिमिरे र ३५ वर्षीय राजन श्रेष्ठ गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । घिमिरे मोटरसाइकल चालक र श्रेष्ठ मोटरसाइकलको पछाडि सवार थिए ।

उनीहरुलाई नमूना अस्पताल हरिवनमा सामान्य उपचारपश्चात आज बिहान ११ः३५ बजे मनाङ एयरको हेलिकप्टरबाट थप उपचार गर्न ग्राण्डी अस्पताल काठमाण्डौँ लगिएको हो । घाइते दुवैलाई लालबन्दी नगरपालिका–६, स्थित खेल मैदानमा हेलिकप्टर ल्याण्ड गरी काठमाडौँ पठाइएको इलाका प्रहरी कार्यालय हरिवनले जनायो ।

चिकित्सकसँग सल्लाह गर्दा घाइतेलाई तत्काल काठमाडौँ ल्याउन सल्लाह दिएपछि हेलिकप्टर चार्टर गरिएको घाइतेका परिवारले बताएका छन् ।