हरिवन – नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंकबहादुर क्षेत्रीले आफ्नो जन्मदिनको अवसरमा आइतबार वृद्धाश्रम र बालगृहमा भोजनको प्रवन्ध मिलाएका छन् ।
उनले हरिवन १ स्थित कैलाशपुरीमा रहेको मानवसेवाश्रम, हरिवन ५ घुर्कौलीमा रहेको बालगृह र लालबन्दी २ जुटपानीमा रहेको पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा एक–एक छाक भोजनको व्यवस्था मिलाएका हुन् । यस्तै, नेकपा एमाले निकट प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसको अवसरमा आइतबार बिहान मानव सेवाश्रममा आश्रीतहरुलाई भोजन गराइएको छ ।
चौतारीका जिल्ला अध्यक्ष अच्यूतम सापकोटाको अध्यक्षतामा आश्रममा शरण दिएर राखिएकाहरुलाई भोजन गराइएको हो ।
सो कार्यक्रममा एमाले मधेश प्रदेशका उपाध्यक्ष रेवती पन्त, हरिवन नगरपालिकाका पूर्व मेयर गणेश प्रसाई, एमाले सर्लाहीका उपाध्यक्ष विदुरकुमार प्याकुरेल, हरिवन १० का वडाध्यक्ष शम्भुप्रसाद मैनाली, हरिवन ९ का पूर्व वडाध्यक्ष सीताराम सीताराम पोखरेल, एमाले नेता चूडामणि वाग्ले, गीतानाथ मैनाली, पत्रकार महासंघका जिल्ला अध्यक्ष टंकबहादुर क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।