कौडेना – सर्लाहीको कौडेनामा आइतबार २ सय जना विद्यार्थीको निःशुल्क रक्तसमूह (ब्लड ग्रुप) पहिचान गरिएको छ ।
सक्षम टाग्नोस्टिक एण्ड प्याथोलोजी सेन्टर, कौडेना गाउँपालिका र तारा पुन्ज युवा क्लबको सहकार्यमा विद्यार्थीको निःशुल्क रक्तसमूह पत्ता लगाइएको हो ।
कौडेना ६ मा रहेको जनता माध्यमिक विद्यालय इनर्वा र कौडेना ७ मा रहेको जानकी लक्ष्मी आधारभूत विद्यालयमा ब्लड ग्रुप परीक्षण क्याम्प नै राखिएको स्थानीय युवा धिरोज कुमार यादवले जानकारी दिए ।