बयलवास – सर्लाहीको बयलवास र चन्द्रनगरस्थित मोहनपुर तथा पोखरियामा २ सय जनालाई कम्बल वितरण गरिएको छ ।
नेपाल डेभलभमेन्ट सोसाइटीको आर्थिक अनुदानमा स्थानीय समाज विकास केन्द्रले ३ ठाउँमा गरी २ सय जनालाई एक÷एक थान कम्बल बाँडेको हो । प्रत्येकलाई २ हजार पर्ने एउटा कम्बल प्रदान गरिएको स्थानीय समाज विकास केन्द्र हजारबिघाका सल्लाहकार टेकबहादुर थापा (अर्जुन) ले जानकारी दिए ।
बयलवासमा ६० जना र बाँकी मोहनपुर तथा पोखरियामा १४० जनालाई कम्बल बाँडिएको हो । मधेश प्रदेश सभाका सदस्य विमला अन्सारी, पूर्व गृह राज्यमन्त्री रिजमान अन्सारीलगायत भएर चिसो प्रभावित परिवारलाई कम्बल वितरण गरेका हुन् ।