logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

डाचाराज वाग्लेको स्मृति कार्यक्रम गरियो


  • उज्यालो अभियान

हजारबिघा – सर्लाहीको हरिपुर नगरपालिका–१, हजारबिघामा शनिबार माओवादी केन्द्रका नेता स्वर्गिय डाचाराज वाग्लेको दोस्रो वार्षिक स्मृति कार्यक्रम गरिएको छ ।

माओवादी केन्द्र सर्लाहीले हजारबिघास्थित बिहानी सामुदायिक वनमा स्मृति कार्यक्रम गरी स्वर्गिय वाग्लेलाई सम्झिएको हो । पार्टीका जिल्ला इन्चार्ज अच्यूतम काफ्लेको अध्यक्षतामा आयोजित सो कार्यक्रममा केन्द्रीय सदस्य राधेश्याम पासवान, सावित्रा कार्की बुढाथोकी, जिल्ला संयोजक रमेश बुढाथोकी (कमल), एमालेका मधेश प्रदेश उपाध्यक्ष रेवती पन्त, एमाले जिल्ला अध्यक्ष राजनारायण साह, उपाध्यक्ष विदुर प्याकुरेल लगायत सहभागी थिए ।

सो कार्यक्रममा स्वर्गिय वाग्लेको तस्बीरमा माल्यार्पण गरी उनको योगदानको चर्चा गरिएको जिल्ला संयोजक रमेश बुढाथोकी (कमल) ले जानकारी दिए । डाचाराज वाग्लेको २ वर्षअघि मूर्तिया जंगलमा भएको रहस्यमय सवारी दुर्घटनामा परेर ज्यान गएको थियो