logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

ईश्वरपुर खानेपानीको नवौँ साधारण सभा सम्पन्न


  • उज्यालो अभियान

सखुबनी – ईश्वरपुर खानेपानी आयोजना तथा सरसफाई मूल उपभोक्ता समितिको शुक्रबार नवौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

खानेपानीका कार्यवाहक अध्यक्ष आइत बहादुर बोम्जनको अध्यक्षता तथा ईश्वरपुर नगरपालिकाकी उपमेयर रन्जिता देवी चौधरीको प्रमुख आतिथ्यतामा ईश्वरपुर नगरपालिका ५ सखुवनीस्थित खानेपानीकै हाताभित्र साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा उपमेयर चौधरीसहित अन्य उपस्थित अतिथिहरुले सुझावसहितको शुभकामना मन्तव्य राखेका कार्यक्रम संचालक एवं स्थानीय शिक्षक राजकुमार समालले जानकारी दिए ।

सभामा संस्थाले गएको आर्थिक वर्ष २०७८/०७९ मा पानी महशुल, सदस्यता शुल्क, सेवा शुल्क लगायत विभिन्न शिर्षकमा आम्दानी गरी विभिन्न खर्च कटाएर १ लाख ५९ हजार ३९४ रुपैयाँ ७४ पैसा खूद नाफा आर्जन गरेको जानकारी गराइएको छ । ईश्वरपुर खानेपानीको पुस मसान्तसम्ममा ११ लाख ९८ हजार ८२ रुपैयाँ खानेपानी महशुलको बक्यौता उठ्न बाँकी छ ।

यो खानेपानी आयोजनाले ईश्वरपुरको वडा नं. ४, ५, ६, ७ र ८ नम्वर वडामा खानेपानी वितरण गर्दै आइरहेको छ ।