logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

जिप्रकाका डीएसपी फेरिए, यादवको बर्दिवासमा सरुवा, ताप्लेजुङबाट राई आउने


  • उज्यालो अभियान

मलंगवा, माघ १९ – जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी नायब उपरीक्षक (डीएसपी) विजय यादवको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले बिहीबार १५० जना डीएसपीको सरुवा गर्दा जिल्ला प्रहरी कार्यालयमा तेस्रो वरियतामा रहेका डीएसपी यादवको इलाका प्रहरी कार्यालय बर्दिवास, महोत्तरीमा इन्चार्जको रुपमा सरुवा भएको हो । यादवको ठाउँमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत डीएसपी कैलाश राई आउने भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मलंगवामा अहिले २ जना डिएसपी कार्यरत छन् । डीएसपी विजय श्रेष्ठ कार्यरत नै छन् ।

यस्तै, सर्लाहीमा केही साताअघि काज सरुवा भएर आएका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले यहीँ दरबन्दी कायम भएको छ । बिहीबार प्रहरी प्रधान कार्यालयले ९५ जना एसपीको सरुवा निकाल्दा सुवेदीको जिल्ला प्रहरी कार्यालय सर्लाहीमै दरबन्दी तोकिएको हो ।