logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

नरेन्द्र साहले बागमती र हरिवनमा बाँडे कापी, कलम


  • उज्यालो अभियान

बागमती – समाजसेवी एवं सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नरेन्द्र साहले बुधबार पनि बागमती र हरिवनमा विद्यार्थीलाई कापी, कलम वितरण गरेका छन् ।

उनले हरिवन ८ स्थित महादेव जनता माध्यमिक विद्यालयमा सो विद्यालयका प्रधानाध्यापक जयशंकर सिंहलगायतको उपस्थितिमा १५ सय १७ जना विद्यार्थीलाई दुई–दुई थान कापी र एउटा कलम प्रदान गरेका हुन् । त्यस्तै, बुधबार नै बागमती नगरपालिका १२ बथनियाँमा रहेको जनजागृति आधारभूत विद्यालयका २ सय बढी विद्यार्थीलाई कापी, कलम प्रदान गरेका छन् ।

बागमतीकी उपमेयर लिलाकुमारी मोक्तान, बागमती १२ का वडाध्यक्ष ओम श्रेष्ठ, कांग्रेस नेता डोरप्रसाद भट्टराई, नेतृ सोनीकुमारी बोम्जनलगायतको उपस्थितिमा कापी, कलम वितरण गरेका हुन् ।

समाजसेवी साहले बथनियाँको सो विद्यालयमा यसअघि कार्पेटलगायतका सामग्री सहयोग गरेका थिए ।