प्रतिकात्मक तस्बिर ।
मूर्तिया – बुधबार साँझ ६ बजेतिर जिल्लाको बरहथवा नगरपालिका–१६, सीतापुर कटानीमा ट्याक्टरको ठक्करबाट भारतीय बालकको मृत्यु भएको छ ।
कटानीस्थित शिव इँटा उद्योगमा रहेको प्रदेश २–०३–००१ त ६५५५ नम्वरको ट्याक्टरले ठक्कर दिँदा उक्त इँटा उद्योगमा काम गर्ने भारत उत्तर प्रदेश राज्य महमदी ग्राम शङ्कर छाउनी १ बस्ने सञ्जीव कुमारका छोरा वर्ष ६ का हेमन्त कुमारको मृत्यु भएको हो ।
बालकलाई उपचारका लागि लिलावती अस्पताल हरिवनमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न ट्याक्टर इलाका प्रहरी कार्यालय मूर्तियाको नियन्त्रणमा रहेको छ भने चालक फरार भएका छन् ।
मृतक बालकको शव लिलावती अस्पताल हरिवनमै रहेको छ । बुधबार दिउँसो लालबन्दी १७ रानिगन्जमा पनि बोलेरोको ठक्करबाट एक युवकको मृत्यु भएको थियो ।