logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हरिपूर्वा नगरपालिकाका कर्मचारी काममा फर्किए, योजना भने अझै चल्न सकेन


  • उज्यालो अभियान

हरिपूर्वा नगरपालिकाको कार्यालय संचालनमा रहेको भवन ।

हरिपूर्वा – सर्लाहीको हरिपूर्वा नगरपालिकाको कामकाज मंगलबारबाट नियमित भएको छ ।

कर्मचारीहरुले आजदेखि कार्यालयमा आएर काम गर्न थालेका छन् । गएको बिहीबार प्रमुख प्रशाकीय अधिकृत वसन्त न्यौपानेमाथि वडा अध्यक्षको समूहले गालीगलौच र आक्रमणकै प्रयास गरेको भन्दै कर्मचारीले दोषीलाई कारवाही र आफूहरुको सुरक्षाको माग राखेर कामकाज ठप्प पारेका थिए ।

तर, मंगलबारबाट कर्मचारीहरु नियमित काममा फर्किएका हुन् । प्रशासकीय अधिकृत न्यौपाने भने अझै कार्यालयमा उपस्थित भएका छैनन् ।

जनप्रतिनिधि र कर्मचारीबीचको टकराबले नगरवासी मारमा परेका छन् । बल्लतल्ल बजेट पास भएपनि हरिपूर्वामा योजनाहरु भने चालू भएका छैनन् ।

गएको ५ वर्ष विवादै–विवादमा रुमलिएको यो नगरपालिकामा नयाँ जनप्रतिनिधि आएपछि पनि त्यही अवस्था देखिएको छ ।