लालबन्दी – नेपाल पत्रकार महासंघ सर्लाहीका पूर्व जिल्ला अध्यक्ष शंकर श्रेष्ठलाई स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०७९ प्राप्त भएको छ ।
स्वास्थ्य दर्पण मिडिया प्रा.लि. ले शनिबार भरतपुर चितवनमा एक कार्यक्रमको आयोजना गरी लालबन्दी ६ बस्ने पत्रकार श्रेष्ठलाई यो पुरस्कार प्रदान गरेको हो । पत्रकार श्रेष्ठले जीवनको उर्जावान समय पत्रकारिता क्षेत्रमा खर्चिएका छन् ।
श्रेष्ठले पत्रकारिताको माध्यमबाट समाजमा पुर्याएका योगदानको मूल्यांकन गर्दै प्रदान गरिएको सो अवार्ड आयोजक संस्थाका अध्यक्ष सन्दिपकुमार श्रेष्ठ, नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइराला, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल लगायत भएर प्रदान गरेका छन् ।