logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

४ दिनसम्म बधाई र सम्मान थापेर काठमाण्डौं फर्किए रक्षामन्त्री उप्रेती


  • उज्यालो अभियान

बरहथवामा नेकपा एमाले नगर कमिटीले मन्त्री उप्रेतीलाई गरेको सम्मान । (तस्बीर : लक्ष्मण यादव)

बरहथवा – रक्षामन्त्री हरिप्रसाद उप्रेती ४ दिनसम्म गृह जिल्ला सर्लाहीमा बधाई तथा सम्मान थापेर शनिबार साँझ काठमाडौँ फर्किएका छन् ।

गएको बुधबार दिउँसो नेपाली सेनाको एमाआई–१७ हेलिकप्टर चढेर गृह जिल्ला आएका उप्रेतीलाई यत्तिका दिनसम्म आफ्नो निर्वाचन क्षेत्र सर्लाही ३ मा भएका विभिन्न कार्यक्रममा बधाई तथा सम्मान थाप्न भ्याइनभ्याइ नै पर्यो । सेनाको सानो टुकडी निरन्तर उनकै साथमै थियो ।

संघीय संसद्मा दोस्रोपटक विजयी उप्रेती पहिलोपटक मन्त्री बनेर सर्लाही आएका हुन् । नेकपा एमालेको लो प्रोफाइलकै नेता भए पनि दोस्रोपटक निर्वाचन जितेकाले उप्रेतीलाई यसपटक मन्त्री बन्ने अवसर जुर्यो ।

गएको बुधबार सेनाको हेलिकोप्टरमार्फत बरहथवा नगरपालिका– ११ हीरापुरको खेल मैदानमा अवतरण गरेदेखि शनिबारसम्म उनले २ दर्जन जति औपचारिक÷अनौपचारिक कार्यक्रममा सहभागिता जनाए । उनी शनिबार बरहथवामा नेकपा एमाले बरहथवा नगर कमिटी, बसबरिया गाउँपालिका, मूर्तिया सेवा समाज, बरहथवा बहुमुखी क्याम्पस लगायतका संघसंस्थाले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा सरिक भई सिमरा विमानस्थलबाट हवाई जहाजमार्फत काठमाडौँ फर्किएका हुन् ।

उनले शनिबार बिहान लालबन्दी र ईश्वरपुरमा पनि एमालेका अगुवा नेता कार्यकर्तासँग पनि भेट गरेका छन् ।