लालबन्दी – नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधीले गएसाँझ (शुक्रबार साँझ) लालबन्दीमा पार्टीका नेता कार्यकर्तासँग भेट गरेका छन् ।
यात्राका क्रममा लालबन्दी आइपुग्नुभएका पूर्व उपप्रधान तथा गृहमन्त्री निधीले केहीबेर लालबन्दीमा रोक्किएर यहाँका अगुवा नेता कार्यकर्तासँग भलाकुसारी गरेका हुन् ।
उनले वर्तमान राजनीतिक अवस्था, कांग्रेसले चालिरहेको कदमलगायत विषयमा छलफल गर्नुभएको सहभागी नेताहरुले बताएका छन् ।