लालबन्दी – सर्लाहीको मौसम आज (शनिबार) पनि बदली भएको छ ।
अहिले बिहान जिल्लाको मौसम धुम्मिएर हुस्सु, कुहिरो लागिरहेको छ । उत्तरी चुरेभेग र हाईवे क्षेत्रमा हुस्सु कुहिरो कम लागेपनि सदरमुकाम मलंगवासहित गोडैता, बलरा, ब्रम्हपुरी, संग्रामपुरसहित दक्षिणी भेग र भारतीय सीमावर्ती क्षेत्रका बस्ती हुस्सु, कुहिरोले डम्म ढाकेको स्थानीय वासिन्दाले बताएका छन् ।
३ दिनदेखि हुस्सु, कुहिरो फर्किए पनि यहाँ कठ्यांग्रिदो चिसो भने छैन् । यहाँको मौसम ३ दिनदेखि पानी पर्ला जस्तो भई धुम्मिरहेको छ ।
किसानको आश अनुसार पानी वर्षिन सकेको छैन् । गएसाँझदेखि रातभर नै यहाँ बाक्लो हुस्सु लागेर पानी छिट्याए झैँ शित झरेको थियो ।
यहाँ यसरी अचानक मौसममा बद्ली आइरहेको हो । पानी पर्न नसक्दा दूधोको प्रदुषण बढेको छ भने किसानले लगाएको हिउँदे बाली प्रभावित भइरहेका छन् ।