logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

पुरानो बक्यौता भुक्तानी नगरी चिनी मिल संचालन


  • उज्यालो अभियान

चिनी उद्योगमा लैजानका लागि उखु काट्दै किसान । (फाईल तस्बिर)

धनकौल – सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगले उखु क्रसिङ सुरु गरेको छ ।

बेलैमा किसानबाट किनेको उखुको पैसा तिर्न नसक्दा बद्नामी कमाएको उद्योगले माघ मध्यतिर आएर उखु पेल्न सुरु गरेको हो । यो उद्योग नियमित संचालन हुनै सकेको छैन् ।

गत साल उद्योग थोरै उखु क्रसिङ गरेर बन्द भएको थियो । धनकौल चिनी मिलबाट अझै पनि आफूहरुले पुरानो भुक्तानी नै लिन बाँकी रहेको किसानले गुनासो गरेका छन् ।

धनकौलकै उखु किसान रामकल्याण यादवले उद्योगसँग आफूले मात्रै ५ लाखजति लिन बाँकी नै रहेको गुनासो गरे । अन्य किसानले पनि पोहोर÷परार नै उद्योगलाई बेचेको उखुको पैसा पाएका छैनन् ।

भुक्तानी माग्न जाँदा उद्योगले भोली–भोली भन्दै आलटाल गरिरहेको उखु किसानले गुनासो गरेका छन् । जिल्लामा रहेका इन्दुशंकर चिनी उद्योग हरिवन र महालक्ष्मी चिनी उद्योग बगदह गोडैता करिव १ महिनाअघि देखि नै संचालनमा छन् ।